प्रेस स्वतन्त्रता दिवसमा सञ्चारकर्मीबीच लुडो प्रतियोगिता, टीम प्रेस पत्र प्रथम

प्रेस स्वतन्त्रता दिवसमा सञ्चारकर्मीबीच लुडो प्रतियोगिता सम्पन्न
प्रकाशित : :

धनगढी : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सनराइज टेलिभिजनको आयोजनामा धनगढीमा सञ्चारकर्मीहरूबीच लुडो प्रतियोगिता सम्पन्न भएको छ।

मनोरञ्जनसँगै मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सनराइज टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम थापाले जानकारी दिए।

सञ्चारकर्मीहरूबीच आपसी भेटघाट, चिनजान र सम्बन्ध सुदृढ बनाउन कार्यक्रम उपयोगी भएको आयोजकले जनाएको छ।

प्रतियोगिता ब्रेड बक्स, दिपेस इन्फोसिस, होटेल कृस्टल, रकस्टार मिडिया, निहारीका मोबाइल सप, निसर्ग अस्पताल, होटेल जियान, स्वस्तिक डाइगोनिष्टिक, बिवाईडी, सारथी अस्पताल प्रा.लि., एस.के. कन्ट्रक्सन डडेल्धुरा, न्यु अलि अटो वर्कसप तथा जगदम्बा निर्माण सेवाको प्रायोजनमा सम्पन्न भएको हो।

संयोजक जितेन्द्र रावलका अनुसार प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा रहेका थिए भने निर्णायकको भूमिका दिप श्रेष्ठले निर्वाह गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्रेस पत्र’ प्रथम स्थान हासिल गरी नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी ‘न्युज सेभेन टिभी’ द्वितीय हुँदै नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेको छ भने ‘बाबा टेलिभिजन’ तृतीय स्थानमा रहँदै नगद २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ।

कार्यक्रमले सञ्चारकर्मीहरूबीच प्रतिस्पर्धासँगै सहकार्य र आत्मीयता अभिवृद्धि गर्न टेवा पुगेको सहभागीहरूले बताएका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट