धनगढी, जेठ २९ । नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले शुक्रबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेज परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइने बताएका छन्।

धनगढी “सिटी अफ क्रिकेट” मा अवस्थित फाप्ला परियोजनास्थल पुगेर मन्त्री लम्सालले राष्ट्रिय क्रिकेट खेलाडी शेर मल्ल सँग “ग्राउण्ड बन्छ है” भन्दै परियोजना सम्पन्न गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका थिए ।

अनुगमनका क्रममा मन्त्री लम्सालले फाप्लालाई केवल रंगशाला नभई सुदूरपश्चिमको खेलकुद, पर्यटन र आर्थिक विकाससँग जोडिएको दीर्घकालीन ‘गेम चेन्जर’ परियोजनाको रूपमा सरकारको प्राथमिकतामा रहेको बताए।
मन्त्री लम्सालसँगै रहेका फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति अध्यक्ष सुवास शाहीले पनि फाप्लामा चाँडै विश्वकप जस्तो ठूलो प्रतियोगिता पनि को होष्ट गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए।
परियोजनाको निर्माण प्रक्रियालाई प्रभावकारी र द्रुत बनाउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता मन्त्री लम्सालले जनाएका छन्। फाप्ला परियोजना सफलतापूर्वक सम्पन्न भए सुदूरपश्चिम प्रदेशको खेल पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

यस अवसरमा परियोजनासँग सम्बन्धित पक्षहरूले मन्त्री लम्सालको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै निर्माण कार्यलाई गति दिन सरकारबाट थप सहयोगको अपेक्षा गरेका छन्।







You must be logged in to post a comment.