एसपीए कलेजकी नीतिका अवस्थी व्यवस्थापनतर्फ नेपालकै उत्कृष्ट विद्यार्थीमध्ये एक

एसपीए कलेजकी नीतिका अवस्थी व्यवस्थापनतर्फ नेपालकै उत्कृष्ट विद्यार्थीमध्ये एक
प्रकाशित : :

धनगढी: धनगढी स्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थीले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परीक्षामा व्यवस्थापन संकायतर्फ ३.९६ जीपीए प्राप्त गर्दै नेपालकै उत्कृष्ट विद्यार्थीहरूमध्ये स्थान बनाउन सफल भएकी छन्।

उत्कृष्ट नतिजासँगै एसपीए कलेजले पुनः राष्ट्रिय स्तरमा आफ्नो शैक्षिक क्षमता र उत्कृष्टता प्रस्तुत गरेको छ। कलेजका अनुसार नीतिकाले निरन्तर मेहनत, अनुशासन र अध्ययनप्रतिको समर्पणका कारण उल्लेखनीय सफलता हासिल गरेकी हुन्।

कलेजका प्राचार्य बुधराम चौधरीले एसपीए कलेजले विगतदेखि नै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको उल्लेख गर्दै नीतिकाको सफलताले संस्थाको गौरव थप बढाएको बताए। उनका अनुसार यसअघि पनि कलेजका विद्यार्थीहरूले प्रदेश तथा राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएका छन्।

नीतिकाका बुवा टेकराज अवस्थीले छोरीको मेहनतसँगै शिक्षकहरूको प्रेरणा र मार्गदर्शनका कारण यो सफलता सम्भव भएको प्रतिक्रिया दिएका छन्। त्यस्तै, नीतिका अवस्थीले पनि आफ्नै परिश्रम, अनुभवी शिक्षकहरूको शिक्षण शैली तथा उचित सल्लाहले आफूलाई यो उपलब्धिसम्म पुग्न सहयोग गरेको बताएकी छन्।

यस उपलब्धिलाई व्यक्तिगत सफलतामात्र नभई सुदूरपश्चिम प्रदेश र धनगढी क्षेत्रका विद्यार्थीहरूका लागि प्रेरणाको रूपमा समेत हेरिएको छ। लगातार उत्कृष्ट नतिजा दिँदै आएको एसपीए कलेजको यस वर्षको उपलब्धिले संस्थाको शैक्षिक साख अझ मजबुत बनेको बताइएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट