रिलायबल नेपाल लाइफको धनगढी शाखाद्वारा बृहत् अभिकर्ता सम्मेलन तथा पुनर्ताजगी तालिम

रिलायबल नेपाल लाइफको धनगढी शाखाद्वारा बृहत् अभिकर्ता सम्मेलन तथा पुनर्ताजगी तालिम
प्रकाशित : :

धनगढी : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गत धनगढी शाखाले बृहत् अभिकर्ता सम्मेलन तथा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न गरेको छ।

धनगढी स्थित आफ्नो घर टेम्पल रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा धनगढी शाखा अन्तर्गत कार्यरत करीब ८० जना अभिकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयका चिफ म्यानेजर प्रकाश कुमार धिताल र सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टको उपस्थिति रहेको थियो।

कार्यक्रममा अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धि, कार्यसम्पादनमा सुधार तथा बीमा व्यवसायसँग सम्बन्धित विषयमा पुनर्ताजगी गराइएको थियो।

यस्तै, कार्यक्रममा एमडीआरटी हरजीत नाथ, डिभिजनल एजेन्सी म्यानेजर बाशुदेव भट्ट, असिस्टेन्ट सिनियर एजेन्सी म्यानेजर पुस्कर सिंह बिष्टकाे उपस्थीति रहेकाे थियाे भने डेपुटी सिनियर एजेन्सी म्यानेजर प्रेम बल्लभ जोशीले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए।

सम्मेलनका अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी म्यानेजर, टप लिडर तथा अभिकर्ताहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित अभिकर्ताहरूलाई आगामी दिनमा थप व्यावसायिक सफलता हासिल गर्न प्रोत्साहन गरिएको आयोजक धनगढी शाखा प्रमुख बिक्रम सिंह बोगटीले जानकारी दीए ।

कार्यक्रममा उपस्थित कम्पनीका नेतृत्वकर्ताहरूले अभिकर्ताको क्षमता विकास, व्यावसायिक सक्रियता र बीमा सेवाको विस्तारमा अभिकर्ताको भूमिकाबारे समेत चर्चा गरेका थिए। उक्त कार्यक्रम सञ्चालन धनगढी शाखाका मर्केटिङ प्रमुख जय प्रकाश अवस्थीले गरेका थीए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट