धनगढीः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सुदूरपश्चिमका मुख्यमन्त्री को लाचारीपनले अरूका मास्क बाढ्ने मात्रै काम गरेको बताएका छन् ।
सोमबार धनगढीको पार्क मोडमा आयोजित सरकार विरोधी सभालाई सम्बोधन गर्दै उनले भने, ‘लाचार निरीह मुख्यमन्त्री जी क्षमा गर्नु होला तपाईँको प्रदेशमा आज आएर भन्नु पर्छ तपाईँ जस्तो लाचार र निरीह मुख्यमन्त्रीको कारण नागरिक सडकमा आएर प्रदेश चाहिएन भन्दै छन् ।’ यो कत्तिको पिडा दाई कुरा हो ?
उनले थप्दै भने, ‘तपाईँ नेकपाको नेताहरूको दैलो कुर्ने कार्यकर्ता बाहेक, नेताको आदेश मान्ने बाहेक यत्रो सुदूरपश्चिमको मुख्यमन्त्री हैसियत राख्न सक्नु भएन । तपाईँले यस्तो कोरोना कहर भएको बेला योगेश भट्टराईको कुर्सी ठटाएर पैसा बोकेर आएको छु प्लेन देऊ स्वास्थ्य सामाग्री म ल्याउँछु भन्न सक्नु भएन धन्न आज लेखराज भट्टले दिएको सेनेटाइजर भिम रावल दिएको मास्क बांडदै हिन्नु त भएको छ ।’