धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीको गतिविधिमा विप्लव नेकपा नगर समिति धनगढी को पनि ध्यान गएको छ ।
विप्लव नेकपा नगर समिति धनगढी ले नयाँ लाइसेन्सका लागि ट्रायल, गाडीहरूको नवीकरण गर्दा होस या अन्य यातायातले गर्ने गरेको हरेक कार्य कदम-कदममा आर्थिक लाभ लिई गैर कानुनी तरीकाले कार्य सम्पादन गरिरहेको भन्दै नगर समितिले छानबिन गरिरहेको जनाएको ।
विप्लव नेकपाले सम्बन्धित कार्यालय प्रमुखलाई कारण सहितको जवाफ का साथ १० दिन भित्र नगर जनपरीसङको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । साथै नेकपा नगर समितिले जनपरीसङको नियम बमोजिम अकुत सम्पत्ति आर्जन गरेको तथा पदको चरम दुरुपयोग गरी सम्पत्ति आर्जन गरेको पाइएमा कार्वाहि प्रक्रिया अगाडि बढाइने जनाएको छ ।