धनगढीः धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।
सङ्घीय संसद् विघटनको विरोधमा नेकपाभित्रको पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर नेता तथा कार्यकर्ताहरूले सङ्घीय संसद् विघटनको विरोध स्वरूप नाराबाजी गर्दै धनगढीको लएन चौकमा सोमबार पुतला दहन गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा २ यता प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध प्रदर्शन हुँदै आएको छ।