बैतडीः बैतडीमा आइतबारदेखि विद्युत सेवा बन्द भएको छ।
विद्युत सेवा बन्द हुँदा उपभोक्ता समस्यामा छन्। जिल्लाका सबै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। विद्युत प्रसारण लाइनमा समस्या आएका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले बताए। प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन”, उनले भने, “अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली खटिएको छ।”
आइतबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध हुँदा निकै समस्या भएको सेवाग्राहीले बताएका छन्। विद्युत सेवा अवरुद्ध हुँदा यहाँका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन्। विद्युत नहुँदा यहाँका केही रेडियो, एफएमको प्रसारणसमेत रोकिएको छ।
पानी परेपछि चिसो बढेकाले विद्युत सेवा पनि नहुँदा झनै समस्या भएको दशरथचन्द नगरपालिका–१ का मानबहादुर टेरले बताए। उनले भने, “पानी परेसँगै विद्युत् पनि बन्द भएको छ, निकै समस्या भएको छ।”
बैतडीमा विद्युतको अनियमित कटौतीले समस्या भइरहेको बेला विद्युत सेवा नै अवरुद्ध हुँदा झनै समस्या भएको छ।