बैतडी: बैतडीको गढी क्षेत्र आजबाट खुल्ने भएको छ । दशरथचन्द नगरपालिकाले बन्द रहेका सेवा माघ २ गतेबाट सुचारु गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको थियो । सो नगरपालिकाले माघ ६ गतेसम्म गढी क्षेत्र सिल गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले एक सूचना जारी गर्दै सिल भएको समयमा पनि सरकारी कार्यालयहरुबाट धमाधम सेवा प्रवाह भएपछि ति कार्यालयहरुबाट प्रवाह भइरहेका सेवाहरु नगरपालिका बन्दले प्रभावित भइरहेका र हाल संक्रमण दर समेत घट्दो क्रममा रहेकाले २ गतेबाट खोल्ने निर्णय गरेको जनाएको छ ।