पत्रकार भट्टलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान

पत्रकार शिवराज भट्ट
प्रकाशित : :

धनगढीः पत्रकार भट्टलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान गरिने भएको छ ।

भट्टलाई कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामुलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ जना नेपाली पत्रकारलाई सम्मान गरिने भएको हो ।

धनगढीबाट पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टका पत्रकार शिवराज भट्टलाई पनि उक्त सम्मान प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवंम पत्रकार महासंघसँगको सहकार्यमा भट्ट लगायत ३५ जना नेपाली पत्रकारलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गर्न लागिएको महासंघले जनाएको छ ।

कोरोना सक्रमणविरुद्ध आफूले प्रकाशन–प्रसारण गरेका चेतनामूलक समाचार सामग्रीहरू पठाउन सूचित गरे बमोजिम प्राप्त २८५ वटा समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयबस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखन शैली एवम् भौगोलिक, विधागत, समावेशीता समेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि नेपाल पत्रकार छनौट समितिवाट छनौट गरिएको हो ।

यस्तै दार्चुलाका पत्रकार शंकर धामीलाई पनि उक्त सम्मान प्रदान गरिने महासंघले जनाएको छ । छनौट भएका सबै पत्रकारलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरिने छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट