धनगढी: धनगढीका पत्रकार सीताराम ओझालाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार ओझालाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । खवरकुञ्ज डटकमका अध्यक्ष समेत रहेका ओझा एक दशक बढि समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् ।