धनगढीः अख्तियारको आयुक्तमा सुदूरपश्चिमका जयबहादुर चन्दको नियुक्ति भएको छ ।
उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो । एआईजीबाट अवकाश भएपछि उनले अहिले फेरि काँग्रेस सभापति शेरबहादुर देउवाकै जोड बलमा अख्तियारमा प्रवेश पाएका हुन् ।
२०४४ सालमा प्रहरी निरीक्षक हुँदै नेपाल प्रहरीमा भर्ना भएका चन्द २०७३ सालमा प्रहरी महानिरीक्षकमा समेत नियुक्त भएका थिए।