धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी ऐन निर्माणको तयारी थालिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन सुधार तथा सुझाव समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको जनाएको छ ।
प्रहरी ऐन निर्माण का लागि ५ जनाको विज्ञ टोलीले ऐन समितिलाई सुझाव दिने र सरोकारवाला निकाय सँग छलफल र परामर्श थालेको छ।प्रहरी ऐन संघीय स्वरूप अनुसार प्रदेशको सामाजिक र भौगोलिक अवस्था सुहाउँदो हुने बताइएको छ ।