धनगढी: नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेश समिति सम्मानित भएको छ । काठमाण्डौँमा सुरु भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको अवसरमा सुदूरपश्चिम प्रदेश समितिलाई सम्मान गरेको हो । प्रदेश समितीले उत्कृष्ट काम गरेको भन्दै महासंघले सम्मान प्रदान गरेको हो ।
उक्त सम्मान पत्र उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदेश समिती अध्यक्ष अर्जुन शाहलाई प्रदान गरेका हुन । सम्मान पत्र बुझ्दै अध्यक्ष शाहले यो सम्मानले हामी गौरवान्वित भएको प्रतिक्रिया दिएका छन । अधिवेशनको काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन ।
महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुनेछ । बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ ।