धनगढी: धनगढीको शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी प्रालिमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
शैलेश्वरीमा ल्याब टेक्निसीयन अध्ययन गरिरहेका विद्यार्थीहरुले प्रयोगात्मक(ओजीटी) नगराएको भन्दै तालाबन्दी गरेको बताएका छन्। ल्याब टेक्निसीयन विषय पढिरहेका नरेन्द्र धामीले पटक–पटक व्यवस्थापनलाई जानकारी गराउँदा समेत वेवास्ता गरि आफूहरुको भविष्यमाथि नै खेलवाड गरेका भन्दै तालाबन्दी गरिएको बताए।
उनले कलेजले माग सम्बोधन गरे मात्र तालाबन्दी खोल्ने जनाएको छ। तालाबन्दीका बेला हुनसक्ने कुनै नराम्रा गतिविधिको जिम्मेवारी समेत नलिने चेतावनी विद्यार्थीहरुले दिएका छन्।







You must be logged in to post a comment.