तेक्वान्दो धनगढी नगर कार्य समितिद्वारा बिरामीहरूलाई फलफूल तथा स्वास्थ्य सामाग्री वितरण

तेक्वान्दो धनगढी नगर कार्य समितिद्वारा बिरामीहरुलाई फलफुल तथा स्वास्थ्य सामाग्री वितरण
प्रकाशित : :

तेक्वान्दो धनगढी नगर कार्य समितिले सेती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । कार्य समिति गठनको पहिलो कामका रुपमा समितिले अस्पतालका बिरामीहरुलाई फलफुल, मास्क तथा सेनिटाइजर वितरण गरेको हो । खेलाडीहरु खेलमा मात्रै नभएर सामाजिक कार्यमापनि सक्रिय हुन भनेर आफुले पहिलो काम समाजसेवाबाट सुरु गरेको तेक्वान्दो धनगढी नगर कार्य समितिका अध्यक्ष निराजन खड्काले बताए ।

अस्पतालका १ सय जना बिरामीहरुलाई फलफुल, मास्क तथा सेनिटाइजर वितरण गरेको उनले बताए । कार्यक्रममा धनगढी उप महानगरपालिकाका प्रवक्ता शन्तोस मुडभरी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवर लगायतको सहभागिता थियो । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सामाजिक काम बाट आफे्ना कार्यक्रम शुरु गरेकोमा तेक्वान्दो संघलाई धन्यबाद दिए ।

खेलाडी देशका गहना हुन र खेलाडीहरुबाटै सामाजिक कामपनि शुरु हुन्छन भन्ने कुरा देखाएको भन्दै उनले खुशी ब्यक्त गरे । आगामी दिनमा गरिने सामाजिक कार्यमा आफ्नो प्रत्यक्ष सहभागिता रहने उनले प्रतिबद्धता जानाए । यस्तै धनगढी उपमहानगरपालिकाका प्रवक्ता शन्तोस मुडभरीले सामाजिक कार्य गरेको भन्दै संघलाई धन्यबाद दिए । यसरी केही न केही सामाजिक कार्यसंग मानिसले जोडिनु अनिवार्य रहेको उनले बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट