कैलालीः सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका खेलाडीलाई ह्वीलचेयर वितरण गरिएको छ । बुधबार अपाङ्गता सहायता प्रतिष्ठान नेपालको आयोजनामा सुदूरपश्चिमका अपाङ्गता भएका व्यक्ति तथा पारा खेलकुद खेलाडीलाई स्पोर्ट ह्वीलचेयर (रथ राईडर) वितरण गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग, नेपाल पाराओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशको समन्वय र राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज नेपाल अनामनगर काठमाडौंको प्राविधिक सहयोगमा ह्वीलचेयर वितरण गरिएको बताइएको छ ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गोदावरी नगरपालिकाको वडा नम्बर ३ का जेष्ठ नागरिक वीर बहादुर भाटलाई ह्वीलचेयर हस्तान्तरण गर्दै कार्यक्रमको उद्धघाटन गरेका थिए ।