नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा तालामाथि ताला, एकलौटी निर्णय सच्चिनु पर्ने माग

जानकारी नै नदिई सदस्यता खारेज गरिएको आरोप

तालाबन्दी
प्रकाशित : :

धनगढी: नेपाल पत्रकार महासङ्घ कैलालीका कार्यसमिति सदस्य ठागुराम (टिआर) कठरियाले कार्यालयमा तालाबन्दी गरेका छन् । जानकारी नै नदिई आफ्नो सदस्यता खारेज गरिएको भन्दै उनले कार्यालयको गेटमा तालामाथि अर्को ताला लगाएका छन् ।

महासङ्घको चैत ९ गते केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरूको नामावलीप्रति आपत्ति जनाउँदै बुधवार मात्रै प्रेस मञ्च नेपाल र जन पत्रकार महासङ्घले संयुक्त रूपमा कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

महासङ्घको एकलौटी निर्णय सच्चिनु पर्ने कठरियाले माग गरेका छन् ।

No description available.

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट