धनगढीः वायु प्रदूषणका कारण सरकारले मङ्गलवारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको भए पनि कैलालीको धनगढीमा अवस्थित सुदूर पश्चिमाञ्चल एकेडेमीले सबै तहका कक्षा नियमित सञ्चालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी मङ्गलवार देखी चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो । यद्धपी सुदूर पश्चिमाञ्चल एकेडेमीले भने सूचना जारी गर्दै सुदूर पश्चिमाञ्चल एकेडेमीका सबै तहका कक्षा नियमित सञ्चालन हुने जनाएको छ ।
क्याम्पस प्रमुख कटकबहादुर जप्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा वायु प्रदूषणको प्रतिकूलता नदेखिएकाले सुदूर पश्चिमाञ्चल एकेडेमीले सञ्चालन गर्दै आएका सबै तहका कक्षा नियमित रूपमा सञ्चालन हुने छन् ।