धनगढीः बैतडीमा माइत जान्छु भन्दै घरबाट निस्केकी एक महिला ५ दिन देखी सम्पर्क विहीन बनेकी छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा.नं. ४ भटना (सिमगाडा ) निवासी उत्तर धानुक कि श्रीमती बसन्ती साउद धानुक सम्पर्क विहीन बनेकी हुन् ।
चैत्र १८ गते बिहान नगरपालिकाकै कुएली गाउँ भन्ने ठाउँमा माइत जान्छु भनेर हिँडेकी बसन्ती माइत पनि न गएको र ५ दिन सम्म घर परिवारले खोजी तलासी गर्दा कुनै खबर न पाउँदा सम्पूर्ण घर परिवार चिन्तित बनेको उत्तर धानुकका दाइ नाता पर्ने गोविन्द धानुकले जानकारी दिए ।
गोविन्दका अनुसार उनको घरमा ३ वर्षीय छोरा र ९ महिना कि छोरी रहेकी छिन । भने बसन्तीका श्रीमान विगत ३ महिना देखी रोजगारीको सिलसिलामा खाडिमुलुक साउदीमा रहेका छन् ।
बसन्ती साउद धानुकलाई कसैले कहीँ कतै देखेमा वा फेला पारेमा नजिकको प्रहरी कार्यालय अथवा ९८६८७८१३३१ र ९८६८३१०६३६ मा सम्पर्क गरिदिन उत्तरका परिवारले आग्रह गरेका छन् ।