चोरलाई मनपरेन सामसङ फोनः खोसेको एकछिन पछि फिर्ता गर्दै भने, ‘वान प्लस भन्ठानेको थिएँ’

मोबाईलफोन
प्रकाशित : :

सार्वजनिक स्थलमा फोन चोरी भएको वा खोसेर भागेको कुरा धेरैजसो सुन्न पाइन्छ । कति त यस्तो स्थितिमा पर्नुभएको पनि होला । हालै एक ट्वीटर प्रयोगकर्ताले यस्तो घटनाबारे बताएका छन् जुन सुनेर मानिसहरु अचम्मित भए । वास्तवमा फोन खोसेको केही बेरपछि चोरले फोन फिर्ता दिए किनभने फोनको मोडल वान प्लस नाइन प्रो थिएन ।

यो अचम्मको स्थितिको शिकार भएको ट्वीटर प्रयोगकर्ता देबायान रोयले यो विषयमा पोस्ट पनि सेयर गरेका छन् । पोस्टमा उनले दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला कालो मास्क लगाएका एक व्यक्ति उनको फोन खोसेर भागे ।

यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए । केही बेरपछि जब उनलाई सेन्स आयो तब उनी चोरको पछाडि भागे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन् ।

जब उनी चोरको पछाडि दौडिरहेका थिए तब चोर भाग्नुको साटो पछाडि फर्किएर उनी भएठाउँ नै दौडिएर आए । देबायनको अगाडि आएर उनले भने, ‘मलाई लाग्यो वान प्लस ९ प्रो मोडल हो ।’ यति भनेर उनले फोन भुइँमा राखे र त्यसपछि पुनः भागे ।

देबायनले आफ्नो फोन सामसङ ग्यालेक्सी एसटेन प्लस भएको बताए । यसमाथि थुप्रै ट्वीटर प्रयोगकर्ताले कमेन्ट गर्न थाले । कोही यो घटनाले चकित भए भने कतिले सामसङको खिल्ली उडाउन थाले । कतिले चोरलाई पनि राम्रो फोन के हो भनेर थाहा भएको भनेर रमाइलो गर्न थाले ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट