कैलाली: नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि कैलाली सहित मुलुकका ७७ वटै जिल्लामा मतदान प्रक्रिया शुरु भएको छ ।
आगामी तीन वर्षको लागि चुनिने नयाँ नेतृत्वको निम्ति मूलतः दुई पक्षबीच प्रतिस्पर्धा देखिएको छ । कतिपय जिल्लामा स्थानीय आवश्यकताको सिद्धान्तमा छुट्टै गठबन्धन र उम्मेदवारलाई समर्थन गरेको समेत देखिएको छ ।
मुलुकभर १३ हजारको संख्यामा रहेका पत्रकारहरू मतदानमा सहभागी हुँदैछन् । मतदान बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने जनाइएको छ ।