निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम नरोकिने

विकास निर्माणका काम
प्रकाशित : :

निषेधाज्ञाको समयमा पनि विकास निर्माणका काम नरोकिने भएका छन्। सरकारले काठमाडौं उपत्यकामा १५ दिनको निषेधाज्ञा जारी गरे पनि विकास निर्माणका कार्यलाई निरन्तरता दिने भएको हो।

निषेधाज्ञाको समयमा विकास निर्माणका काम गर्नको लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा पास लिन सकिने उल्लेख रहेको छ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिगर मात्रै निर्माण कार्य सञ्चालन गर्न सकिने जिप्रका काठमाडौंले जनाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट