बरेलीमा डिसीएका आकुश चन्दको लगातार उत्कृष्ट प्रदर्शन

बरेलीमा डिसीएका आकाश चन्दको लगातार उत्कृष्ट प्रदर्शन
प्रकाशित : :

बरेली: भारतको उत्तर प्रदेश स्थित बरेलीमा भइरहेको मैत्रीपूर्ण क्रिकेट शृंखलामा धनगढी क्रिकेट एकेडेमी (डिसीए) का आकुश चन्दले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

बरेलीमा डिसीएका आकाश चन्दको लगातार उत्कृष्ट प्रदर्शन

शृंखलाको पहिलो खेलमा उनले केवल ३२ बलमा अविजित ५९ रनको शानदार पारी खेलेका थिए। उक्त प्रदर्शनपछि दोस्रो खेलमा उनले झन् उत्कृष्ट खेल प्रदर्शन गर्दै ५० बलमा ११७ रनको विस्फोटक शतक प्रहार गरे।

उनको इनिङ्समा १२ चौका र ९ छक्का समावेश थिए, जसले विपक्षी टोलीमाथि पूर्ण दबाब सिर्जना गर्‍यो। हाल यो मैत्रीपूर्ण शृंखला भारतको बरेलीस्थित मैदानमा डिसीए र Khalifa Cricket Academy बीच खेलिँदै आएको छ।

चन्दको लगातार उत्कृष्ट प्रदर्शनले उनलाई शृंखलाको प्रमुख आकर्षण बनाएको छ भने टोलीलाई पनि थप आत्मविश्वास प्रदान गरेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट