बैतडी: कोरोना भाइरस संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुष्टि भएको थियो। होम आइशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। राति १ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।