राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नु अघि प्रधानमन्त्री पुगे शितल निवास

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी
प्रकाशित : :

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा छलफल भइरहेको छ।

मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गरेसँगै ओली शितल निवास पुगेको ओली निकट स्रोतले जनाएको छ।

भण्डारीले आजै नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधार २ अनुसार आह्वान गर्ने तयारी गरेकी छन्। ओलीले सोमवार प्रतिनिधि सभामा विश्वासको मत गुमाएका छन्।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट