अत्तरिया: कोरोना संक्रमणवाट अत्तरियाकी एक शिक्षिकाको मृत्यु भएको छ ।
अत्तरियामा रहेको लोटसआई माध्यामिक बिधालयमा अध्यापन गराउदै आएकी गोदावरी नगरपालिका वडा नं १ अत्तरिया घर भएकी मिना पालको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिन पहिले मालाखेती अस्पतालमा भर्ना भएकी उनलाई मालाखेती अस्पतालबाट धनगढीको माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो ।
थाईराईडकी बिरामी रहेकी उनमा उनको शरीरमा अक्सिजनको लेभल कम हुँदै गएको थियो ।