काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनका विषयमा संविधानविद्, कानुन एवं न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा अहिले छलफल भइरहेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सभामुख सापकोटाले विघटन असंवैधानिक भएको ठहर गरेका छन् । उनले गएको मंगलबार पूर्वसभामुखहरुसँग पनि छलफल गरेका थिए ।