गौरीफन्टा नाकाबाट स्रोत नखुलेको ६ लाख लाखसहित एक जना पक्राउ

६ लाख एक हजार ५ सयसहित एक जना पक्राउ

गौरीफन्टा नाकाबाट स्रोत नखुलेको ६ लाख लाखसहित एक जना पक्राउ

धनगढी : त्रिनगर- गौरीफन्टा नाकाबाट नगद ६ लाख बढीसहित एक जना पक्राउ परेका छ्न्। सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्‍चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारले ६ लाख एक हजार ५ सयसहित एक जना पक्राउ गरेको हो।

भारतबाट नेपाल आउने ब्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा भारतको साहजहाँपुर मोहल्लाका ४१ वर्षीय रजिनिस कुमारलाई पक्राउ गरिएको हो।

चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको ६ लाख १ हजार ५ सय रुपैँया बरामद गरिएको हो। आवश्यक कानूनी कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार