प्रदेश युवा परिषद सुदूरपश्चिमले यसरी मनायो अन्तर्राष्ट्रिय युवा दिवस ! (फोटो समाचार)

रक्तदान कार्यक्रमको आयोजना

प्रदेश युवा परिषद सुदूरपश्चिम
प्रकाशित : :

धनगढी: ‘खाद्य प्रणाली : मानव र ग्रह स्वास्थ्यको लागी युवा आविष्कार’ भन्ने मुल नाराका साथ आज विश्व भरिनै २२ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश युवा परिषद सुदूरपश्चिम प्रदेशले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुवंरले युवाहरूमा रक्तदान बारे महत्त्व दिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । त्यस्तै प्रदेश युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसर पारेर वक्तृत्वकला प्रतियोगिताको आयोजना समेत गरेको थियो ।

May be an image of ४ people, people sitting and people standing

दुई उमेर समुहमा बिभाजित गरेर आयोजित ‘प्रबिधि मैत्री युवा आजको आवश्यकता’ वक्तृत्वकला प्रतियोगिताको १६ देखि २४ बर्ष उमेर समूह र ‘सुदूरपश्चिम प्रदेशको समृद्धिमा युवाको जिम्मेवारी’ २५ देखि ४० बर्ष उमेर समूह राखिएको कार्यकारी उपाध्यक्ष कुवरले बताए ।

May be an image of ६ people and people sitting

वक्तृत्वकला प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई प्रमाणपत्र सहित नगद पुरस्कार समेत दिइएको कार्यकारी उपाध्यक्ष कुवरले बताए । उनले प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १० हजार, ७ हजार, ५ हजार र २ हजार रुपैया नगद प्रदान गरिएको बताए ।

May be an image of २ people and people sitting

प्रतियोगीहरुलाई सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशकि राज्यमन्त्री मना कुमारी साउदले प्रमाणपत्र तथा नगद पुरस्कार बितरण गरेकी थिइन ।

May be an image of ५ people, people sitting, people standing and indoor

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट