SKIP THIS

धनगढी उप-महानगरपालिका

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारि बेदकोट नगरपालिकाका धार्मिक स्थलहरूमा सरसफाइ

युवाहरु द्धारा कञ्चनपुरको बेदकोट नगरपालिकाका धार्मिक स्थलहरूमा सरसफाइ

युवाहरु द्धारा कञ्चनपुरको बेदकोट नगरपालिकाका धार्मिक स्थलहरूमा सरसफाइ

आज अगस्ट १२ तारिख नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । यसैबिच कञ्चनपुरका युवाहरूले पनि सरसफाइ अभियान, जनचेतनामूलक र्‍याली र अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना आदान प्रदान गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाएका छन् ।

कञ्चनपुरको बेकोट नगरपालिका स्थित बेकोट युवा सञ्जालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरू लाई जागृत गराउन सचेतनामूलक र्‍याली गर्दै र बेकोट नगरपालिकाका धार्मिक स्थलहरूमा सरसफाइ कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकामा विभिन्न युवाहरूको सहभागितामा बेकोट नगरपालिकाका धार्मिक स्थलहरूको सरसफाइ गरिएको बेकोट युवा सञ्जालका अध्यक्ष पदम राज पाण्डेयले जानकारी दिनुभयो ।

पछिल्लो समय समाजमा रहेका विकृति विसङ्गति लाई अन्त्य गर्दै स्वच्छ नेपाल बनाउनु पर्ने र यसमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बेकोट युवा सञ्जालका अध्यक्ष पाण्डेयको भनाइ छ । यस्तै बैतडी घर भई हाल कञ्चनपुरमा बस्दै आइरहनुभएका व्यवसायी तथा समाजसेवी युवा भोज राज जोशी क्वालिटीले पनि युवा एकता आजको आवश्यकता रहेकाले सम्पूर्ण युवाहरूलाई एक जुट भई परिवर्तनका लागि अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बिहीबार बेकोट नगरपालिका स्थित बेकोट युवा सञ्जालको जनचेतनामूलक र्‍यालीमा सहभागिता जनाएका सामाजिक अभियन्ता क्वालिटीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै युवाहरू लाई एकजुट भएर अघि बढ्न अपिल गर्नुभएको हो । यसै गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थित शुक्लाफाँटा यूथ नेटवर्कका संयोजक हरिस धामीले युवाहरूले सामाजिक रूपान्तरणमा अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभयो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्लाफाँटा यूथ नेटवर्कका संयोजक धामीले जोस जागरले भरिएको युवावस्थाको उमेरको सदुपयोग गर्दै युवाहरूलाई सामाजिक रूपान्तरणमा अग्रसर हुन प्रेरित गर्नुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार