स्वतन्त्रताकाे खोजी ? : सन्तोष बोहरा

नेपाल ले विकास को गतिमा फड्को नमार्नु को एक कारण विनियोजित बजेटको सही सदुपयोग हुन नसक्नु

स्वतन्त्रताकाे खोजी ?

हिजो राजाले छोड्नु परेको यो देश
आज छोटे राजाले देशको भेष कस्तो बनायो..?
महाकाली देखी मेची सम्म हेर्दा त
जनतालाई भोटको राजनीति मात्र बनायो

देशले गुहार माग्दा पनि
अध्यादेश बिज्ञतीमा देश चलायो .?
बच्चा पनमा बुबाले हात समात्दै भन्थे
छोरा बिचार गर्नु छोटेले देश चलायो

स्वाधीनता अनेकौँ दशक खडा भएको यो देश
राजनीतिले विकासको कुन उचाइमा पुर्‍यायो.?
एल देखी अर्को टुकुम चलाउने आउँदा
मलाई त लाग्छ गरिबको भाग मात्र मुडायो

बिरताको रगत पसिनाले अडेको यो देश
स्वतन्त्र भई देश हितमा के गर्ने पार्‍यो.?
राष्ट्रियताको हितमा युवा शक्ति लड्दा
रगतपसिनाको वर्षा पुलिसको गाडीमा पार्‍यौ।

राष्ट्रिय स्वतन्त्रता माथि दाग नलगाउनु होस्
एम.सी.सी खारेज गर भन्दा युवा हिरासत धाउनु किन.?
कायरहरू आफ्नी बुढी आमा सुम्पिदिनुहोस्
नेपाल आमा माथि हरेक पटक प्रहार किन..?

साझा फुलवारि को स्वतन्त्र यो देश
विचार नमिल्दा जातीय परिवर्तन पाइयो
व्यक्तिगत स्वार्थले केबल भ्रम भाषण गर्ने
गन्तव्य विहीन स्वतन्त्रता दिवस मनाइयो ।।

नाम :- सन्तोष बोहरा
ठेगाना :- शिखर न.पा.११ ताेलगडा,डोटी
अध्ययन :- +२ कानुन अध्ययनरत ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार