उच्च अदालतले भीमदत्त नगरपालिकालाई भन्यो, ‘फोहर व्यवस्थापन गर्नु’

भीमदत्त नगरपालिका सहित सात जनाका नाममा परमादेश जारी

भीमदत्त नगरपालिका

कञ्चनपुर : उच्च अदालत दिपायल महेन्द्रनगरले नगर क्षेत्रको फोहर व्यवस्थापन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका सहित सात जनाका नाममा परमादेश जारी गरेको छ ।

कञ्चनपुरका अधिवक्ता धर्मानन्द जोशीले भीमदत्त नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषणका कारण मानव स्वास्थ्यमा हानिकारक भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

अधिवक्ता जोशीले दायर गरेको रिटमा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीशद्वय प्रभा बस्नेत र कृष्णलाल भट्टराईको इजलासले भीमदत्त नगरपालिकालाई नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्दै नागरिकलाई स्वच्छ वातावरण बाँच्न पाउने अधिकारको सुनिश्चितता गरिदिन आदेश दिएको छ ।

अधिवक्ता जोशी सहित अर्का अधिवक्ता कृष्णदत्त जोशी, पदम पालले उक्त मुद्दामा बहस गरेका थिए । अधिवक्ता जोशीले नगर क्षेत्रमा रहेको फोहोर व्यवस्थापन नगरेको भन्दै भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, उप मेयर सुशीला सिंह, प्रमुख जिल्ला अधिकारी राम कुमार पाण्डे, भीमदत्त नगरपालिका ४का वडाध्यक्ष लक्ष्मीदत्त बोहरा र प्रशासकीय अधिकृत हरिसिह धामी विरुद्धमा रिट दायर गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार