धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचारत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ।