बैतडीमा एक ब्यापारी मृत फेला

मृत्यु
प्रतिकारात्मक तस्बिर
प्रकाशित : :

बैतडी : बैतडीमा एक ब्यापारी मृत फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा न. ४ सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया ४ लेकडाँडा घर भएका अन्दाजी ४५ बर्षका कमलसिंह महरा मृत फेला परेका हुन् ।

उनी आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहानको समयमा स्थानियबासीले महराको शव देखेपछि प्रहरीलाई खबरका थिए । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको बताइएको छ ।

घटना राती १० बजे पछिको समयमा भएको हुनसक्ने स्थानियबासीहरुले अनुमान लगाएका छन् । मृतकको टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ ।

यतिबेला इलाका प्रहरी कार्यालय पाटनवाट प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाका बिषयमा सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट