काठमाडौँ : सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर केही समयदेखि डाउन भएको छ ।
डाउन डिटेक्टर डट कमका अनुसार विश्वभरका हजारौं प्रयोगकर्ताले केही समयदेखि यी एप प्रयोग गर्न पाएका छैनन् ।
फेसबुक मेसेन्जर र ह्वाट्सएपबाट म्यासेज गएको छैन भने डेस्कटपमा समेत फेसबुक खुलेको छैन । फेसबुकको वेबपेजमा डोमेन नेम सिस्टम(डीएनएस) इरर देखाइरहेको छ ।
यतिबेला अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक, ह्वाट्सएप र मेसेन्जर नचेलेको भन्दै गरिएका पोस्ट ट्रेन्डिङमा आउन थालेका छन् । ट्विटरमा २४ लाखभन्दा बढी ह्वाट्सएप लेखिएर पोस्ट भइसकेको छ ।
फेसबुकले भने छिट्टै समस्या समाधान हुने बताएको छ । समस्या पहिचानका लागि काम भइरहेको उल्लेख गर्दै फेसबुकले छिट्टै समस्या समाधान हुने बताएको हो ।
We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
— Facebook (@Facebook) October 4, 2021