बैतडीको ढुंगाडबासीले गरे सेती नदीमा पक्की तटबन्ध लगाउन माग

ढुंगाड क्षेत्रमा सेती नदीले बर्षेनी क्षति पुर्याउँदै

सिगास ५ मा सेतिले बितण्डा मच्चायो
फाइल फोटो
प्रकाशित : :

बैतडी : बैतडीको ढुंगाडबासीले सेती नदीमा पक्की तटबन्ध लगाउन माग गरेका छन्।

सेती नदीले बेलाबेलामा जग्गा कटान गर्ने र त्यसबाट मुक्ति पाउनका लागि पक्की तटबन्धको माग गरिएको स्थानीयले बताएका छन्।  कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले ढुंगाडका स्थानीयहरुको खेत बगाएर बगरमा परिणत गरेको छ।

केही वर्ष पहिला पनि सेती नदीको बाढीले स्थानीयहरुको घर खेत बगाएकाले पक्की तटबन्ध निर्माण गरिनुपर्ने माग गरिएको स्थानीयले जनाएका छन्। सेती नदीमा तटबन्ध लगाउन नसके अब बस्ती नै जोखिममा रहेकाले तटबन्ध लगाउनु आवश्यक रहेको उनीहरुको भनाइ छ। यता, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पनि ढुंगाड क्षेत्रमा सेती नदीले बर्षेनी क्षति पुर्याउँदै आएकाले आफूले पनि संघीय सरकारसंग बस्ती स्थानान्तरण अथवा पक्की तटबन्धको माग गरेको बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट