धनगढी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कञ्चनपुरले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
उनीहरुले शुक्रबार कञ्चनपुरका सीडीओ रामप्रसाद पाण्डेलाइ १ लिटर डिजेलसहित प्रधानमन्त्रीका लागि ज्ञापन पत्र बुझाएका हुन्।
परमादेशबाट बनेको सरकारको निर्देशनमा पटक–पटक नेपाल आयल निगमले मूल्य वृद्धि गरी जनताका आधारभूत आवश्यकताको वेवास्ता गरेको युवा संघ र अनेरास्ववियुको आरोप छ। युवा संघ र अनेरास्ववियुले मूल्य वृद्धि खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको थियो।