धनगढी : प्रेस चौतारी नेपाल सुदूरपश्चिम कमिटीले पूर्णता पाएको छ । डडेल्धुरामा भएको प्रदेशस्तरीय रणनीतिक भेलापछि ९९ सदस्यीय प्रदेश कमिटीलाई पूर्णता दिइएको हो।
अध्यक्षमा कृष्ण ओली चयन भएका छन् । यसअघि उनलाई संयोजकको जिम्मेवारी थियो । उपाध्यक्षमा लीली कुँवर र हरिश चन्द्र चयन भएका छन् । महासचिवमा शिवराज भट्ट , सचिवमा नरेन्द्र कार्की र सचिवमा कृष्ण बुढा तथा कोषाध्यक्ष लोकेश साउँद चयन भएको अध्यक्ष ओलीले जानकारी दिए ।
२२ गते डडेल्धुरामा प्रदेश भेला सम्पन्न भएको थियो । १२ बुँदे घोषण पत्र जारी गर्दै भेला सम्पन्न भए पनि पदाधिकारीको टुंगो आइतबार लागेको हो ।