आजको मौसम : तराईमा शितलहर, हिमालमा हिमपात

अचानक धनगढीमा हावाहुरी सचेत रहन आग्रह
प्रकाशित : :

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो समयमा नेपालमा समेत जाडो बढ्दै गएको छ ।

सोहि प्रभावका कारण देशका उच्च हिमाली भेगम बाक्लो हिमपातसंगै पाहाडी भेगमा जाडो र तराईमा शितलहर सुरु भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराइका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।’

यो मौसम प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उक्त प्रदेशको उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट