धनगढी : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काँग्रेस सुदूरपश्चिम प्रदेशको कार्य समिति सदस्यमा लोकप्रिय मत ल्याउदै डा. मेराज आलम अन्सारी निर्वाचित भएका छन् ।
मुस्लिम तर्फबाट डा. मेराज आलम अन्सारीले ५ सय २६ मत प्राप्त गर्दै काँग्रेस सुदूरपश्चिम प्रदेशको सदस्यमा निर्वाचित भएका हुन् ।
एक हजार ३ खसेका मतमध्ये डा.अन्सारी ५ सय २५ मत ल्याएका थिए भने १ सय ३० मत बदर भएका थिए । डा. अन्सारी धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक तथा बरीष्ठ सर्जन हुन् ।





