धनगढी : मिस नेपाल २०२२ का लागि आवेदन खुल्ला गरिएको छ । द हिडन ट्रेजरले बिहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।
मिस नेपाल प्रतियोगितामा सहभागीले सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् । प्रतियोगितामा ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका देशभरका युवतीहरू सहभागी हुन पाउनेछन् ।
यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन मात्र मुख्य टाइटल रहनेछन् । मिस नेपाल २०२२ को प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्नेछ ।
यस वर्ष मिस नेपालको पेजेन्टलाई फराकिलो र देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा अडिसन मिति तय गरेको अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । जस अन्तरगत धनगढीको फ्लोरा होटलमा शुक्रबार दिउँसो ३ बजेदेखी सहधागी हुन चाहने युवतिहरुलाई प्रशिक्षण दिईने भएको छ । भने सो प्रशिक्षमा छनौट अडिसन पनि हुने भएकोले ईच्छुक युवतीहरुले अडिसन दिन पनि अध्यक्ष दिवाकर राजकर्णिकारले आग्रह गरे ।
हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।