धनगढी : बैतडीको मालिका माध्यमिक विद्यालयले विज्ञान र गणित अध्यापन गराउने शिक्षक माग गरेको छ । विद्यालयले यही साउन १३ गते शुक्रवार सूचना जारी गर्दै एक जना मा.वि तहको शिक्षकको माग गरेको हो ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. ४ अन्तरगत पर्ने उक्त विद्यालयले योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको मिति देखि १५ दिन भित्र विद्यालय समयमा उपस्थित भई आवेदन दिन समेत सूचना मार्फत आग्रह गरेको छ ।
यस्तै, विद्यालयका प्रधानाध्यापक कृष्णानन्द भट्ट द्वारा हस्ताक्षरित जारी सूचनामा भनिएको छ ।, ”यस श्री मालिका मा.वि भटना बैतडी लाई पुचौडी नगर पालिका हाट बाट प्राप्त अनुदान कोटा मा मा.वि. तह विज्ञान/गणित विषय अध्यापन गर्नको लागि विषय शिक्षक आवश्यकता भएकोले यस विद्यालय व्यवस्थापन समितिको मिति २०७९/०४/१३ गते बसेको बैठकको निर्णय अनुसार विषय शिक्षक भर्ना गर्नु पर्ने भएकोले तपसिल अनुसारको योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको मिति देखि १५ दिन भित्र विद्यालय समय मा उपस्थित भई आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।”
बाँकी विद्यालयद्वारा जारी सूचना मार्फत : सूचना जस्ताको त्यस्तै…







You must be logged in to post a comment.