काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले देव गुरुङलाई महासचिव बनाउने प्रस्ताव गेरेको छ। पेरिसडाँडामा भएको बैठकले गुरुङलाई महासचिवका प्रस्ताव गरेको हो।
महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र पूर्वमन्त्रीसमेत रहेका वर्षमान पुन प्रबल आकांक्षी थिए। बैठकले शर्मा र पुनलाई उपमहासचिव बनाउने प्रस्ताव गरेको छ। उनीहरुसँगै पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेललाई उपमहासचिव बनाउने प्रस्ताव गरिएको छ।
त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीको नाम प्रस्ताव गरिएको छ।
उपाध्यक्षमा भने पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरालाई प्रस्ताव गरिएको छ भने कोषाध्यक्षमा श्रीराम ढकाललाई प्रस्ताव गरिएको एक नेताले बताए।
बैठकले प्रस्तावित नामहरुलाई अनुमोदन गर्ने तयारी गरेको छ। पार्टीले नारायणकाजी श्रेष्ठलाई यसअघि नै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो।