एउटै खाडलमा किशोर-किशोरी मृत फेला

मृत्यु
प्रकाशित : :

दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँको जङ्गलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार उनीहरूको शव आज दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । तीन दिनअघि असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनीहरूको शवपरीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट