धनगढी : ‘एक्सपर्ट डे’को उपलक्षमा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । लगभग दुई दशक लामो इतिहास बोकेको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसको धनगढी शाखाले रक्तदान गर्ने भएको हो ।
धनगढीको पुरानो भन्सार रोडमा रहेको शाखाले ‘एक्सपर्ट डे’ अर्थात् एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसको २० औँ बार्सिकोउत्सव को अवसर पारी यहीँ मिति २०८०-०४-२३ गते बिहान ७ बजे देखी आफ्नै कार्यालयको अगाडी पट्टी रक्तदान गर्ने एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रा.लि. धनगढी परिवारले जनाएको छ ।
यस्तै, हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलिया, युके, क्यानडामा उनीहरूको मन पर्ने कार्यक्रमहरूमा भर्ना गर्न मद्दत गर्दै आइरहेको एक्सपर्टले जानकारी प्राप्त गर्नुहुने सम्पूर्ण व्यक्तिहरु लाई रक्तदान कार्यक्रममा सहभागीताका लागी एक्सपर्ट परिवारले अनुरोध समेत गरेको छ ।







You must be logged in to post a comment.