धनगढी : दुबै मृगौंला फेल भईं हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत् बझाङको बुङ्गलकी मिना धामीको उपचारमा सहयोग गरिदिन उनका आफन्तले अपिल गरेका छन् ।
१८ वर्षिया मिना विगत ५ दिनदेखि अस्पतालमा उपचाररत् छन् । चिकित्सकका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने र मृंगौला फेर्नुपर्ने अवस्था छ ।
कक्षा १० मा अध्ययनरत् मिना एकदमै विपन्न परिवारकी हुन् । उनका बुबा समेत अपांग छन् । घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेकाले उनको डायलासिसलगायत उपचारमा पनि निकै सकस परिरहको आफन्तले जनाएका छन् ।
धनगढीमा बिरामीका कुरुवालाई समेत खान बस्नको समस्या रहेकाले आफूले सक्दो सानोतिनो सहयोग गरिदिन मिनाका दाई दीपकबहादुर धामीले आग्रह गरेका छन् ।
मिनाको उपचारका सहयोगका लागि दिपक बहादुर धामी (Dipak Badadur Dhami) को नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर 0915752765085001 वा इसेवा आइडी 9865819161 मा सहयोग रकम जिम्मा गर्न सकिन्छ । यस्तै उनको अवस्थाबारे बुझ्न दाईं दीपकलाई 9865629075,9865819161 नम्बरमा सम्पर्क गर्न सकिन्छ ।