विकास उन्मुख घोषित भएको बाजुरा
नेताको भाषणमै सीमित रहेको बाजुरा
जनता भन्दा धेरै नेता भएर होला
विकासभन्दा विनाशतिर चलेको बाजुरा
सुविधाका लागि भनी बनायो सडक
झन् पहिरो गई जोखिममा परेको बाजुरा
हुन सक्छ घुस खोरी नेताका कारण
चुनावमा जनता मारी चिन्नेको बाजुरा
बिच बाटो मै बच्चा जन्माइ सुत्केरी महिलाले
धेरै आमा बच्चाको ज्यान गएको बाजुरा !!
-गजलकार मिना बुढा,बाजुरा





