धनगढी : कार्यहरू मार्फत आशालाई जगाऊ भन्ने मूल नाराका साथ धनगढीमा आत्महत्या सचेतना कार्यक्र मनाइएको छ ।
आइतबार विश्व आत्महत्या रोकथाम दिवस २०२३ को अवसरमा लायन्स(लियो क्लब अफ धनगढी हेल्थ एन्ड मेडिको एवं साइक्राटिक्स एसोसिएसन नेपाल र नेप्लिज योङ्ग ईन्टरप्रेनर फोरम कैलाली च्याप्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री झपट बहादुर साउँद प्रमुख अतिथि रहेका थिए ।

यस्तै, वक्ता प्रशिक्षक तथा विशिष्ट अतिथि जिल्ला प्रहरीका कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की, मनोचिकित्सक डा. राम प्रसाद लामिछाने, डा. प्रभात सापकोटा, डा. साजन खड्का एव मनोचिकित्सक परामर्शकर्ता सुशील चटौत रहेका थिए ।

यसका साथै, उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, विभिन्न सङ्घ संस्थामा कार्यरत युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।






You must be logged in to post a comment.