सोमबार र मंगलबार देशभर मौसम बदली हुने पूर्वानुमान, कहिले सम्म हुन्छ सफा ?

कस्तो छ मंगलबारकाे मौसम ?
प्रकाशित : :

काठमाडौं : आउँदो सोमबार र मंगलबार देशभर मौसम बदली हुने पूर्वानुमान छ । ती दुई दिन देशभर छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने देखिएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार उक्त अवधिमा देशभर बादल लाग्नेछ । काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ । अरू स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्नेछ । बुधबार दिउँसोदेखि मौसम खुल्दै जाने उनले बताइन् ।

दसैँ सफा हुने
शनिबार (आज)को स्थितिबाट पूर्वानुमान गर्दा यो दसैँमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् । दसैँमा मौसम सफा हुने उनको भनाइ छ ।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने
नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । औसत मितिभन्दा ढिलो गरी मनसुन बाहिरिइरहेको छ ।

देशबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने मौसमविद् मानन्धरले बताइन् । 

महाशाखाका अनुसार यसअघि सुदूरपश्चिम र कर्णाली, लुम्बिनीका अधिकांश र गण्डकीका पश्चिमी भूभागबाट मनसुन बाहिरिइसकेको थियो ।

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । नेपालबाट मनसुन बाहिरिने औसम मिति अक्टोबर २ लाई मानिएको छ । यो वर्ष एक दिन ढिलो गरी जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । मनसुन पूर्वी क्षेत्रबाट भित्रिएर क्रमशः देशभर पुग्ने गर्छ । पुनः पूर्वी भूभाग हुँदै मनसुन बाहिरिने गर्छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट